पहिलो चरणका लागि मौन अवधि, के-के गर्न पाइन्न ?

काठमाडौँ, ८ मंसिर – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको गएराति १२ बजेपछि मौन अवधि शुरु भएको छ मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रचार प्रसार गर्न भने कुनै असर नपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा यो अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?