१३ आश्विन २०७९, बिहीवार

निर्वाचनले आन्तरिक उडानमा यात्रुको चाप

२०७४,मङ्सिर,८,शुक्रवार ०१:२८

0
Shares

काठमाडौं, ८ मङ्सिर- प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको छ। ‘सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले पहिलाभन्दा बढी उडान तालिका राखेका छन्’, विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘ निर्वाचनका लागि उपत्यकाबाहिर जाने यात्रुको संख्या बढेसँगै एयरलाइन्स कम्पनीले उडान तालिकासमेत बढाएका छन्।’पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको उनले बताए। सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सय ५० वटा उडान तथा अवतरण हुने गरे पनि अहिले त्यो बढेर चार सय ५० सम्म पुग्ने गरेको छ। निर्वाचनले आन्तरिक उडानमा ३० देखि ३५ प्रतिशतसम्म यात्रु बढेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१