उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरू पक्राउ

काठमाडौं, ८ मङ्सिर- धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे टुल्कु लामा छन् केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई बुधबार पक्राउ गरेको हो । उनी गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) नामले चिनिन्छन् ।सिन्धुली कुशेश्वरका रिम्पोछे लामा १० वर्षदेखि दक्षिणकाली चाल्नाखेलमा गुम्बा सञ्चालन गरेर बस्दै आएको जानकारी सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले दिए कार्कीका अनुसार उक्त गुम्बामा महिला उपचारका लागि जाने गर्थे । लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?