विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

काठमाडौं, ८ मङ्सिर- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?