१३ आश्विन २०७९, बिहीवार

नुवाकोटमा पूर्वमन्त्रीहरुलाई साख जोगाउने चुनौती, कस्तो आउला नतिजा ?

२०७४,मङ्सिर,७,बिहीवार १६:२३

0
Shares

–नवदीप श्रेष्ठ नुवाकोट, ७ मंसिर – पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा रामशरण महतलाई यो पटकको निर्वाचनमा विजय प्राप्त गर्न ठूलो परिश्रम गर्नु परिरहेको छ यस्तै नुवाकोटको राजनीतिमा विसं २०३८ बाट निरन्तर उम्मेदवार बन्दै आएका अर्जुननरसिंह केसीलाई वाम गठबन्धनले यो निर्वाचन सकसपूर्ण बनाएको छ केन्द्रीय राजनीतिका प्रभावशाली व्यक्ति काँग्रेसका डा रामशरण महत र अर्जुननरसिंह केसी दुवैलाई वाम गठबन्धनको तगारो छिचोल्न सजिलो छैन योपटक । वाम गठबन्धन नभएको भए नेपाली काँग्रेसले आरामले निर्वाचन जित्नेमा कुनै शंका थिएन दुई वटा निर्वाचन क्षेत्र रहेकोे नुवाकोटमा विसं २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा साविकको तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा १२ स्थानीय तहमध्ये सात वटा तहको प्रमुख जितेर पहिलो दल बनेको काँग्रेसलाई वाम गठबन्धनका कारण नै स्थानीय तहको जितलाई निरन्तरता दिँदै प्रतिनिधिसभा र प्रदेशसभासम्म लैजान सकस पर्ने देखिएको छ स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित पाँच स्थानीय तहको प्रमुखमा नेकपा एमाले जितेका थिए । स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका विजेता तथा पराजित उम्मेदवारले ल्याएको मत जोड्दा नेपाली काँग्रेसले ४४ हजार ११८ मतसहित पहिलो, नेकपा एमाले ४२ हजार १२ मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र ३४ हजार २७८ मतसहित तेस्रो भएका थिए नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठनबन्धनमा रहेको भनिएका नयाँ शक्ति पार्टी नेपालको आफ्नै उम्मेदवार चुनावी मैदानमा छ डा महतले आफू नुवाकोटको समृद्धिका लागि फेरि निर्वाचनको मैदानमा आएको र विगतमा गरेको कामका कारण पनि मतदाताले फेरि विश्वास गर्ने बताए । वाम गठबन्धनका कारण निर्वाचन कठिन भए पनि आफू मजबुत रहेको डा महतको दाबी छ । “वाम गठबन्धनका कारण यो प्रतिस्पर्धा कठिन भएको छ ।” “म नै मजबुत छु”– डा महतले भने क्षेत्र नं १ को प्रदेश ख का काग्रेसका उम्मेदवार रमेश महतले भने वाम गठबन्धनले काँग्रेसलाई एक बनाएको बताए । “वाम गठबन्धनले काँग्रेसमा देखिएको गुटउपगुट समाप्त भएको छ, हामीलाई एक बनाएको छ,” उनले भने — “अब काँग्रेसको मत विभाजित हुन्न, त्यसैले वाम गठबन्धनले असर गर्दैन् ।”वाम गठबन्धनबाट क्षेत्र नं १ मा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हीतबहादुर तामाङले यो क्षेत्रका नागरिकले परिवर्तन चाहेका छन्, यो पटक हामीलाई साथ दिनेछन् भने क्षेत्र नं २ को निर्वाचन पनि पेचिलो छ । काँग्रेस केन्द्रीय नेता अर्जुननसिंह केसी र वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडाबीच मुख्य प्रतिष्प्रर्धा रहेको छ । यो क्षेत्रमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपलिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा काँग्रेसको २१ हजार ४६६, एमालेको २३ हजार ८२२ र माओवादी केन्द्रको १५ हजार ५०० मत यो क्षेत्रमा परेको थियो महत र केसीको प्रभावअहिले नुवाकोटमा चार पूर्वमन्त्री दुई मुख्य गठबन्धनबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । हीतबहादुर र राधिका वाम गठबन्धनबाट तथा डा महत र केसी काँग्रेसबाट उम्मेदवारी दिएका छन् । पटक पटक अर्थमन्त्री भइसकेका डा महत र पटकपटक विभिन्न मन्त्रालय सम्हालेका केसीको पहुँचको प्रभाव पनि यो निर्वाचनमा देखिएकाले स्थानीय तहको मतलाई मात्र आधार मान्न सकिँदैन । उनीहरुको पहुँच र प्रभावको तुलनामा वाम गठबन्धनका उम्मेदवार कमजोर रहेका कारण उनीहरुलाई आफ्नो मत जोगाउन कठिन छ स्थानीय तहमा अन्र्तघात गरेको भनी कारबाहीका लागि उजुरी परेकासमेत अहिले काँग्रेसका उम्मेदवारसँग चुनावी प्रचारमा हिँडेको देखिएको छ । यसले पनि स्थानीय तहको परिणामअनुसार मतमा अहिले केही परिवर्तन आउन सक्छ काँग्रेसको उम्मेदवारमा परिवारवाद हाबी भएको भन्दै काँग्रेसभित्र असन्तुष्टि पनि देखिएको छ  

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार १६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१