एमाले महासचिव : यस्तो हुन्छ ५ वर्षमा नेपाल

नुवाकोट, ७ मंसिर नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताएका छन् नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उनले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने संकल्पका साथ आफूहरु अघि बढेको बताए महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गरे सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कम्युनिष्ट एकता देखिनसहने अधिनायकवादीले नै कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फैलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?