१५ आश्विन २०७९, शनिवार

NULL

२०७४,मङ्सिर,७,बिहीवार १५:३३

0
Shares

पुत्र शोकमा रहेका प्रचण्ड भोलिदेखि चुनावी अभियानमाकाठमाडौँ, ७ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गरेका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए तिमिल्सेनाले भने, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।”अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने बताए चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी

विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिवार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९