धर्मको नाममा यी अवतारी लामाले महिलाको सर्वस्व लुटेको खुलासा

काठमाडौं, ७ मंसिर— एक व्यक्तिले धर्मको आडमा महिलामाथि यौन शोषण गर्ने गरेको खुलासा भएको छ आफू दशौं पुस्ता सम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको र आफु संग जुन सुकै रोग पनि निको पार्न सक्ने दैवी शक्ति रहेको भन्दै उपचार गर्न आउने महिलाहरूलाई विश्वासमा पारेर यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) उर्फ टुल्कु लामालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो विशेष सूचनाको आधारमा ब्यूरोले मंसिर ५ गते दक्षिणकाली नगरपालिका १ स्थित चाल्नाखेल, वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो उनमाथि काठमाण्डौ जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा बिद्युतिय कारोवार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ यस्तो छ यीनको नालीबेली१. नाम:- गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामाजन्म मिति:- ५६ वर्षठेगाना:- जि.सिन्धुली कुसेश्वर दुम्जा-०९पेशा:- रिम्पोछे (गुरु)गुम्बाको नाम:- पेमा टासी छुल्ठिम घोम्बो कासुङगुम्बाको ठेगाना:- का.जि. दक्षिणकाली न.पा-०१ चाल्नाखेल,वोशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?