बुद्ध भारतमा जन्मेका हुन् भन्ने दलाई लामालाई लोहनीको यस्तो चेतावनी

काठमाडौं, ७ मंसिर–एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारतीय धर्म गुरु दलाई लामाले गौतम बुद्ध भारतीय भएको र उनलाई नेपाली भन्नु वाहियात हो भनेर दिएको अभिव्यक्ति तत्काल सच्चाउन चेतावनी दिएका छन् बुद्ध जन्मेको स्थान नेपालको लुिम्वनी भएको भन्दै लोहनीले विश्वले गौतम बुद्ध नेपालमा जन्मेको भनिरहेका बेला लामाले दिएको अभिव्यक्ति दुर्भाग्यपुर्ण भएको पनि जनाएका छन् अध्यक्ष लोहनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामाको उक्त अभिव्यक्तिले ३ करोड नेपालीलाई चोट पुगेकाले गल्ती सुधार्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?