कांग्रेस जिताउन गगन थापा र विनोद चौधरी पुगे नुवाकोट

काठमाडौं, ७ मंसिर–कांग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य गगन थापा र उद्योगी विनोद चौधरी कांग्रेसको चुनावी सभामा सहभागि हुन आज नुवाकोट पुगेका छन् नुवाकोटमा वाम गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा खडा भएको कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न थापा र चौधरी नुवाकोट पुगेका हुन् नुवाकोटको देबीघाटमा आयोजित कांग्रेस क्षेत्र नम्बर २ र खरानीटारमा आयोजित क्षेत्र नम्बर १ को चुनावी सभामा थापा र चौधरी सहभागि भएका हुन् । सो सभामा नुवाकोटमा विगतमा पनि कांग्रेसले जित्दै आएको यथार्थ रहेको भन्दै अहिले वाम गठबन्धन भएपनि भारी मतले पार्टी नै विजयी हुने विश्वास व्यक्त गरे क्षेत्र नम्बर २ स्थित देबीघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस चर्चित नेता गगन थापाले कांग्रेस उम्मेदवार अर्जुन नरसिंह केसीलाई भारी मतान्तरले जिताउन आग्रह गरे उनले वाम गठबन्धनले चुनाव जिते जनताको अधिकार खोसिन सक्ने दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि पनि जिताउन आवश्यक रहेको तर्क गरे । उनले भने– लामो जनयुद्ध भोगेका जनताले फेरि लोकतन्त्रका लागि लड्नु पर्ने हुनसक्छ । वाम गठबन्धनको चरित्र र व्यवहार हेर्दा उनीहरुले लोकतन्त्र सखाप पार्न सक्छन् ।’यस्तै विनोद चौधरीले नुवाकोट आर्थिक समृद्धिको लागि नाका भएको भन्दै यहाँ विकासको प्रचर सम्भावना रहेको बताए उनले नवलपरासीमा आफूले विस्तार गरेको शास्वतधाम जस्तै पूर्वाधार विकास गरेर पर्यटक भित्रा्याउन सकिने भन्दै त्यसका लागि आफू र कांग्रेस लागिपर्ने बताए अर्जुन नरसिंह केसी आफ्नो गुरु भएको बताउँदै चौधरीले गुरु बिना संसद अपुरो हुने भएकाले अध्याधिक बहुमतले जिताउन आग्रह गरे । विगतमा लोकतन्त्रका लागि लडेका योद्दा भएकाले तथा राजनीतिमा लामो अनुभव भएका नेता भएकाले केसी देशका लागि चाहिने व्यक्तित्व भएको चौधरीको भनाई छ यस्तै केसीले आफ्नो जीत सुनिस्चित रहेको दाबी गर्दै गाउँगाउँमा मत माग्दै पुग्दा जनताबाट पाएको माया र जनलहरले आफू उत्साहित भएको बताए केसीले भने – चुनाव जित्ने आत्मबिश्वासका साथ आगाडी बढ़ेको छु । जनताले चाहेकाले बाम गठबन्धनले कुनै पनि हालतमा रोक्न सक्दैन देबीघाटको सभालाई सम्बोधन गरेर थापा र चौधरी खरानीटारको सभामा पुगेका थिए । कांग्रेसबाट नुवाकोटमा क्षेत्र नम्बर २ बाट अर्जुन नरसिंह केसी तथा १ बाट रामशरण महत प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?