एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

 काठमाडौँ, ७ मंसिर – साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो चुक्ता पुँजी रु ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयरसहित रु ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको उक्त कम्पनीले बीमा समितिले तोकेको रु एक अर्बभन्दा बढी चुक्ता पुँजी पु¥याउने गरी पुँजी योजना बीमा समितिमा पेश गरेको छ आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन थालेपछि सकारात्मक प्रभाव देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?