नमूना मतदानमा बदर मत न्यून

 हेटौँडा, ७ मंसिर – जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लामा गरेको नमूना मतदान कार्यक्रममा मत बदर न्यून रहेको छ निर्वाचन कार्यालय मकवानपुरका अनुसार नमूना मतदान कार्यक्रममा जम्मा सात मत मात्र बदर भएको हो । मंसिर २ गतेदेखि लगातार पाँच स्थानमा गरिएको नमूना मतदानमा ३५४ जनाले मतदान गरेका थिए स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या उच्च भएको भन्ने आलोचनापछि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई नमूना मतदान कार्यक्रम गर्न निर्देशन दिएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ दुई स्थानीय तह बराबर एक नमूना मतदान कार्यक्रम गर्न आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाको मकवानपुरगढी गाउँपालिकाको बुढीचौर, वाग्मती गाउँपालिकाको झुरझुरे, कैलाश गाउँपालिकाको कालिकाटार, थाहा नगरको चित्लाङ र हेटौँडा उपमहानगरपालिकाको ठूलोथलीमा नमूना मतदान कार्यक्रम गरेको छ निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र निर्वाचन शिक्षामा खटिने कार्यकर्ताको तालीमका क्रममा सहभागीलाई नै मतदान प्रक्रियामा सहभागी गराई नमूना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रवक्ता दिनेश श्रेष्ठ बताउछन उनले आमरुपमा बदर मतप्रतिको चिन्तापछि मतदातासमेत सचेत हुनु, मतपत्रको आकार सानो हुनु, उम्मेदवारको संख्या पनि न्यून हुनु, मतदानअघि मतदातालाई मतदान गर्ने प्रक्रियाका बारेमा सचेत गराउनुले बदर मतको संख्या न्यून भएको बताए । उनका अनुसार निर्वाचन आयोगले नै मतदाता शिक्षामा खटिने कार्यकर्तालाई कडाइका साथ निर्देशन दिनुले पनि मतदाता शिक्षा प्रभावकारी भएर बदर मत कम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?