कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबिच झडप, कांग्रेसका दुई घाइते

ओखलढुंगा, ७ मंसिर । ओखलढुंगा जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच भएको झडपमा परि कांग्रेसका दुई जना कार्यकर्ता घाईते भएका छन् जिल्लाको चम्पदेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुदाँ नेपाली कांग्रेसका उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका हुन् काठमाडौं स्थित टिचिङ अस्पतालमा घाइते दुबैको उपचार भइरहेको ओखलढुंगा कांग्रेसले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले बताए अनुसार अहिले घाइतेहरुको अवस्था सामान्य छ घाइते उनीहरुको शरीर र टाउका विभिन्न भागमा सामान्य चोट लागेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए राती एक्कासी दुई समुहबिच भेटहुदाँ झडप भएको प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ तर, नेपाली कांग्रेसले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लाएको छ भने बाम गठबन्धनले भने पैसा बाढ्दै हिडेका कार्यकर्तालाई भेटेपछि विबाद भएको बताएको छ घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने ओखलढुंगा प्रहरी प्रमुख डिएसपी तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?