१३ आश्विन २०७९, बिहीवार

आइसिसी महिला विश्वकप टि–ट्वेन्टी : नेपाल युएईसँग पाँच रनले पराजित

२०७४,मङ्सिर,७,बिहीवार १०:३३

0
Shares

काठमाडौँ, ७ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो टस जितेर ब्याटिङ गरेको युएईले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमा समेटियो । युएईको जितमा नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन, रितु कनौजियाले दुई तथा नेरी थापाले एक विकेट हात पारे ब्याटिङ गर्ने क्रममा नेपालका लागि रितु कनौजियाले सर्वा्धिक २२ रनको योगदान दिइन् । तेइस बल खेलेकी कनौजियाले दुई चौका प्रहार गरिन । ज्योति पाण्डेले १२, काजोल श्रेष्ठले ८, सीता रानामगरले ७, करुणा भण्डारीले ६ तथा सरिता मगरले ५ रन जोडे नेपालले आफ्नो चौथो खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविनको आधारमा भइरहेको उक्त खेलमा लिगको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफायर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बुधवार

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत

१ निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबै पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१