मिर्गाैलामा पत्थरी भएको थाहापाउने उपाय

पत्थरी अहिलेको समयमा प्रायः मनिसहरुलाई भइराख्ने रोग हो । शरीरमा पानीको मात्रा कम भएपछि अनावश्यक फोहोर जम्मा भएर त्यो साह्रो हुँदै स–साना ढुंगाजस्तो कडा वस्तुमा परिवर्तन हुन्छ जसलाई नै पत्थरी भनिन्छ । पत्थरी शरीरको ठाउँ अनुसार बेग्लाबेग्लै हुने गर्दछ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरु दिन थाल्छ तर मानिसहरु त्यसलाई बेवास्ता गरिबस्छन् । मिर्गौलाको पत्थरी हुँदा धेरै पिडा हुने गर्छ । हामीले विभिन्न संकेतहरुलाई बेवास्ता गर्न हुँदैन मिर्गौलामा पत्थरी हुँदा हुने विभिन्न समस्याहरुः–१. पिसाब गर्दा तीव्र पीडाः मिर्गौलाको पत्थरीबाट पीडित रोगीले पिसाब गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ २. पिठ्यु दुख्नेः कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलााको पत्थरीको संकेत हो । यो पिडा विस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पिडा हुन्छ ३. पिसाबमा रगतः पत्थरी लागेको रोगीको पिसाब प्रायः रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ४. वाकवाक र पेट गडबडः पेटमा गडबड भएको बेला बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्र फोहर बाहिर निस्कन्छ ५. ज्वरोः ज्वरो आउनु र चिसो लाग्नु पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रा धेरै बढ्ने र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता गर्नुहुँदैन ६. अंग फुल्नेः पेट वा शरीरका अन्य हिसाहरु फुलेमा अनि मूत्रशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?