लिभर सिरोसिस हुँदाका लक्षण तथा यसबाट हुने समस्या

कलेजो हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अंग हो । । यसले हामीले खाने खानालाई पचाउन मद्दत गर्छ । लिभर सिरोसिस भन्नाले हाम्रो शरीरको कलेजोले काम गर्न छाड्ने अवस्थालाई बुझिन्छ । धेरै चिल्लो पदार्थ खादा कलेजोले त्यसलाई पचाउन सक्दैन । अत्यधिक रक्सिको सेवनले पनि कलेजोलाई असर गर्ने गर्छ । अचेल लिभर सिरोसिसका विरामीहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । खानपिनको लापरबाहीले गर्दा यो रोगका विरामीको संख्या बढ्दो अवस्थामा रहेको छ लिभर सिरोसिस भएपछि देखिने लक्षणहरुः–१. जन्डिस रहिरहने २. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने कमजोरी महसुस हुने ३. खुट्टा सुनिन्ने, फुल्ने ४. पेट फुल्ने वा पेट ठूलो हुने ५. उछाला र मासु गलेर आउने ६. बिरामी पातलो–दुब्लो हुँदै जाने ७. केटी मान्छेको स्तन बढेर आउने लिभर सिरोसिस भएपछि हुने विभिन्न समस्याहरुः–१. पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने २. खुट्टा फुल्ने, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने ३. मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने ४. बोली लटपटिने, बेला–बेलामा होस गुमाउने, दिनमा सुत्नmे रातमा बर्बराउने ५. पिसाब आउन कम हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?