१५ आश्विन २०७९, शनिवार

लिभर सिरोसिस हुँदाका लक्षण तथा यसबाट हुने समस्या

२०७४,मङ्सिर,७,बिहीवार ०९:५५

9
Shares

कलेजो हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अंग हो । । यसले हामीले खाने खानालाई पचाउन मद्दत गर्छ । लिभर सिरोसिस भन्नाले हाम्रो शरीरको कलेजोले काम गर्न छाड्ने अवस्थालाई बुझिन्छ । धेरै चिल्लो पदार्थ खादा कलेजोले त्यसलाई पचाउन सक्दैन । अत्यधिक रक्सिको सेवनले पनि कलेजोलाई असर गर्ने गर्छ । अचेल लिभर सिरोसिसका विरामीहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । खानपिनको लापरबाहीले गर्दा यो रोगका विरामीको संख्या बढ्दो अवस्थामा रहेको छ लिभर सिरोसिस भएपछि देखिने लक्षणहरुः–१. जन्डिस रहिरहने २. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने कमजोरी महसुस हुने ३. खुट्टा सुनिन्ने, फुल्ने ४. पेट फुल्ने वा पेट ठूलो हुने ५. उछाला र मासु गलेर आउने ६. बिरामी पातलो–दुब्लो हुँदै जाने ७. केटी मान्छेको स्तन बढेर आउने लिभर सिरोसिस भएपछि हुने विभिन्न समस्याहरुः–१. पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने २. खुट्टा फुल्ने, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने ३. मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने ४. बोली लटपटिने, बेला–बेलामा होस गुमाउने, दिनमा सुत्नmे रातमा बर्बराउने ५. पिसाब आउन कम हुने ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै

काठमाडौं । स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न

स्लिम पेट कसलाई मन नपर्ला र ? तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा

काठमाडौं । हरेक मानिसमा जिज्ञासा हुने गर्दछ, कुन उमेर समुहका बालबालिकाको तौल कति हुनुपर्छ भन्ने कुरामा । आजकाल बालबालिकाहरु घर

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९