१५ आश्विन २०७९, शनिवार

चुनढुंगा र फलामखानीको उत्खनन गरिने

२०७४,मङ्सिर,७,बिहीवार ०९:३४

0
Shares

तानसेन, पाल्पा, ७ मंसिर – नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताएका छन एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने भएकाले त्यसको प्रयोगबाट जिल्लाको आम्दानीको स्रोत बढाउन सकिने उनको भनाइ छ । चुनढुंगा सिमेन्ट बनाउनका लागि प्रयोग गरिन्छ उनले आशन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा जिल्लाको गोठादी, रहबास र ज्यामिरेमा चुनढुंगा उद्योग खोल्ने जनाए पाल्पाको तिनाउ गाउँपालिकाभित्रका विभिन्न वडा र रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट दैनिकरुपमा रुपन्देही र नवलपरासी जिल्लामा चुनढुंगा निकासी हुँदै आएको छ चुनढुंगाको अलवा सिद्धबाबाको ढुंगालाई निर्माण कार्यमा प्रयोग गर्न सकिने अनुसन्धानले देखाएको छ पाल्पामा फलामखानीको पनि सम्भावना रहेको अध्ययन र अनुसन्धानले देखाएको छ । तिनाउ गाउँपालिकाको कोलडाँडास्थित विष्णुडाँडामा फलाम र तामाखानी रहेको मानिन्छ । पाल्पा र नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रमा समेत फलामखानी रहेको पाण्डेयले बताए पाल्पा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको विकट मानिएका बल्ढेङ्गढी, जुठापौवा, सत्यवतीलगायत क्षेत्रको विकास गर्ने उनले बताए । तानसेनको चहलपहल घटेको र अहिले फेरि चहलपहल हुने गरी विकास गर्ने योजना अघि बढाउने उनले बताए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९