भुइँ मान्छेहरु (एउटा प्रतिनिधि कविता )

न कसैको डरन कसैको त्रासन साझको पीर, न त बिहानको नैत्यसैले तअघाएकाहरुनिस्फिक्री डकार्दैछनर हुन्कार गर्दैछनउसको सन्तुष्टिमाभोकाहरुले भजन गाउनु पर्छरित्तो थालमा हात बजार्दैखैजडीको ताल निकाल्नु पर्छखाली कसौंडीमा पनियो ठोक्दैमुजुराको आवाज मिसाउनु पर्छभोकले कोक्याएको बेलापापी पेटमा दुई हातले हिर्काउदैमादलको घिन्ताङ ताङ घिन्ताङ निकाल्नु पर्छर सम्मानमा जुट्नु पर्छ त्यसैले,भोको पेटमा पटुका कसीतल्लाघरे रामे दाइकीआङ खस्ने समस्याले ग्रसित,सुत्केरी बस्न आएकी छोरीडकार्नेहरुको जय जयकार गर्दैछम-छम छम-छम नाच्छेघरी उठेर त घरी बसेरसुइइय सुस्केरा हाल्दैभोलि बिहानै अगेनामाधुवाँ पुत्ताउँछ भन्ने आशमा फेरि एक हुल मान्छेहरुदशैमा जस्तै चिल्लर साटेरदुई चार जना घुस्तिघ्रेको साथमागाउँ छिर्दैआश्वासनका पोकाहरु,विकासका कागजी योजनाहरुराहतका ब्रीफकेसहरुएक साथ फुकाउँछनपीडाले भरिएको कृतिम स्वर निकाल्दैहामीले नक्साङ्कन गरि सक्यौ नि!स्वर्गको एउटा टुक्रा, बन्दै छ गाउँ अबएउटा एउटा किताब थमाइ दिन्छनघोषणा पत्र नामकोर साथमा केही चिल्लरहरु…फुरुङ्ग पर्दै तल्ला घरे रामेसाँझको जोहो गर्न हतारिन्छअघाएकाहरुको सम्मानको खाँतिरसुत्केरी छोरीलाई खुवाउन भन्दै पालेकोरातो भालेलाई निकाल्दैखोर रित्याउँछ आङ खस्ने समस्याले ग्रसितरामेकी सुत्केरी छोरीअघाएकाहरुको सम्मानमाहिजो जस्तै..आज पनिकहिले बसेर त कहिले उठेरछम-छम नाच्न तयार हुन्छेभोलि बिहानै अगेनामाधुवाँ पुत्ताउँछ भन्ने आशमा चुनाव सकिन्छअघाएकाहरुले फेरि जित्छनरामेकी सुत्केरी छोरीअघाएकालाई जिताउन सफल हुन्छे तर बिजयी जुलुसमा अनुपस्थित ऊआङ खस्ने समस्याको कारणमृत्युसँग हार्न पुग्छे रसदाका लागि वीदा लिन्छे गाउँ भरी विजयको प्रभातफेरी लगाइन्छकहिले बुईमा त कहिले काँधमा बोकिदैमाला र अविरले पुरिएकोगाउँको अघाएको प्रतिनिधिभोकाहरुको देवता जस्तै देखिन्छतँछाड-मछाड गर्दैफुटेका कुर्कुचाहरुफुत्किएका पटुकीहरुच्यातिएका टोपीहरुदेशका निम्तिकाख रित्याएकाहरुसिन्दुर पुछिएकाहरुटुहुरा भएकाहरुसमग्रमा,सारा भुइँ मान्छेहरुरामेको नेतृत्वमायो जित कस्को…?भन्दै नारा लगाउँछन्जिन्दाबाद र मुर्दाबाद्को नारालेगाउँ एकै छिन भए पनि रङ्गिन देखिन्छ जुलुस लगातार अगाडि बढ्छ अफसोच !यतिका धेरै भुइँ मान्छेहरुको भिड्मातल्लाघरे रामे कतै देखिदैनउसको आवाज कतै सुनिदैनभुइँ मान्छेहरुकै वीचबाटएका एक हरायो रामेन रामेलाई कसैले खोज्योन रामेलाई कसैले सोध्यो रामे खोई ??-खेमराज आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?