१५ आश्विन २०७९, शनिवार

निर्वाचन सहायक कर्मचारीमाथि अज्ञात समूहबाट आक्रमण

२०७४,मङ्सिर,७,बिहीवार ०९:२८

0
Shares

बाजुरा, ७ मंसिर ।  बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीका खटिएका सिराहा जिल्ला सिराहा महानगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका–७ मा रहेको पोरखे लेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताए ।

सिराहा जिल्ला घर भई हाल हिमाली गाउँपालिकाको विच्छ्या माविका विज्ञान विषयमा अध्यापन गराउँदै आएका यादव बुधबार पोरखे लेकमा एक्लै भएको बेला अज्ञात समूहले आक्रमण गरेको घाइते भएपछि मतदान केन्द्रमा नपुगी जिल्ला फर्किएका छन् घाइते यादवले आफूसँग भएको १३ हजार नगदसमेत लुटिएको प्रहरीमा उजुरी गरेको यादवले भन्नुभयो । आक्रमणपछि घाइते यादवको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ यादवको ढाड, खुट्टा र टाउकोमा चोट लागेको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले सहायक मतदान अधिकृतमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९