प्रकाशलाई भावुक बन्दै यसरी सम्झिए प्रचण्डले

काठमाडौं, ७ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार निधन भएका पुत्र प्रकाश दाहालको निधनमा प्राप्त समवेदनाले आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तब्य दिँदै प्रचण्डले सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र बियोगको पीडा सहन र पीडासँग लड्न शक्ति मिलेको बताए भावुक हुँदै आफ्नो मन्तब्य दिएका प्रचण्डले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा बिदा भएको भन्दै उनको ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको बताए आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसिकेको पनि प्रचण्डले उल्लेख गरे उनले केहिले प्रकाशलाई केबल प्रचण्डको छोरोको रुपमामात्रै सीमित गर्न खोजेको भन्दै प्रचण्डले उनको योग्यता, भूमिका र क्षमताबारे कहिल्यै चर्चा नहुने गरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?