जनमोर्चाले डडेल्धुरा र गुल्मी–१ मा वाम गठबन्धनलाई सघाउने

काठमाडौं, ७ मंसिर । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले डडेलधुरा र गुल्मीमा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ जनमोर्चाले दुवै जिल्लामा वा गठबन्धनका उम्मेदवारलाई मत हाल्न पार्टी कार्यकर्तालाई अपील गरेको हो । डडेलधुरामा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता खगराज भट्ट चुनाबी मैदानमा रहेका छन् भने गुल्मी–१ मा एमाले नेता प्रदिप ज्ञवाली उम्मेदवार रहेका छन् भट्ट प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै छन् यसैगरी गुल्मी–१ मा पनि जनमोर्चाले एमाले सचिव प्रदिप ज्ञवालीलाई मत दिने भएको छ । दुवै निर्वाचन क्षेत्रमा जनमोर्चाले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?