कांग्रेस सभालाई लक्षित गरी राखिएको सकेट बम निष्कृय

चरिकोट, ७ मंसिर । नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ दोलखाको सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको सकेट बम रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको जनाइएको छ सो स्थानमा राखेको नेपाली काँग्रेसको चुनावी सभालाई केन्द्रीय सदस्य बालकृष्ण खाडले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?