भारतद्वारा चीन र पाकिस्तानसँग नभएको क्रुज मिसाइल परीक्षण

नयाँ दिल्ली, ७ मंसिर । भारतले पहिलो पटक सुपरसोनिक क्रुज मिसाइल ब्रम्होसको सुखोई लडाकू विमानबाट सफल परीक्षण गरेको जनाएको छ भारत र रुसको संयुक्त प्रयासबाट तयार गरिएको यो मिसाइल यसअघि नै जल र स्थलबाट परीक्षण भइसकेको छ । रक्षा विशेषज्ञ कोमोडोर उदय भास्करले एयर लन्च्ड क्रुज मिसाइल परीक्षणको सफलताले सामरिक क्षमतामा खास प्रभाव पार्ने बताएका छन् उनले भने, ‘यो परीक्षणबाट सीमामा टाढैबाट कुनैलाई पनि निशाना बनाउने क्षमतामा वृद्धि भएको छ ।’ उनका अनुसार सुखोई लडाकू विमान आम रुपमा जमिनबाट साढे ३ किलोमिटर माथिबाट उड्छ यदि सुखोई जस्तो लडाकू विमानबाट प्रहार गर्ने हो भने यसको रेन्ज र मारक क्षमता, लम्बाई र उचाई सवैमा स्वभाविक रुपमा वृद्धि हुन्छ । ब्रम्होसलाई संसारकै सबैभन्दा तिव्र सुपरसोनिक मिसाइल मानिन्छ जसको रफ्तार २.८ म्याक रहेको छ । यसको रेन्ज २९० किलोमिटर रहेको छ भने ३ सय किलोग्राम युद्धक सामग्री लिएर जान सक्ने बताइएको छ । भास्करले यस्तो हतियार चीन र पाकिस्तानसँग पनि नभएको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?