निर्वाचन आयोगले भन्यो, ‘सरुवा निर्णयको सक्कलै फाइल २४ घण्टाभित्र पेश गर्नू’

काठमाडौं, ७ मंसिर । निर्वाचनमा आयोगले तीन जना प्रमुख जिल्ला अधिकारीसहित ६ जनाको काज सरुवा गर्न सहमतिका लागि पत्र लेखि पठाएकोमा सहमति नदिने भएको छ गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा गरी सहमतिका लागि आयोगमा पत्र पठाएको थियो । आयोगले पत्र पाएको २४ घन्टाभित्र काज सरुवा गर्ने निर्णयको सक्कल फाइल आयोगमा पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ मन्त्रालयले काज सरुवा गरेकामध्ये तीन जना प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । निर्वाचन आचारसंहिता लागु भएका कारण सरकारले आयोगको सहमति बिना कुनै पनि कर्मचारीको सरुवा, बढुवा गर्न या हटाउन सक्दैन निर्वाचन आचारसंहिता २०७२ मा आचारसंहिता लागेको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ले उल्लेख छ आयोगले भनेको छ, ‘प्रस्तुत सन्दर्भमा तहाँबाट माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको र उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपलब्ध गराउनु हुन समेत निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४÷८÷५ को निर्णयानुसार अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?