जिम्बाबेका नयाँ नेता भन्छन्, ‘ज्यान लिने धम्की आएपछि भागेको हुँ’

हरारे, ७ मंसिर । जिम्बाबेका भावी राष्ट्रपति इमर्शन मानगाग्वाले आफूले देशमा नयाँ प्रजातन्त्रको सुरुवात गर्ने दाबी गरेका छन् पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको राजीनामापछि उनले नै बर्खास्त गरेका मानगाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित रहेको छ । दक्षिण अफ्रिकाबाट स्वदेश फर्किएपछि आफ्नो सम्बोधनको शुरुमा स्वतन्त्रताको समयमा लगाउने गरिएका नाराहरु ठूलो स्वरले सुनाएका थिए उनले आफूलाई उपराष्ट्रपतिबाट बर्खास्त गरेपछि ज्यान लिने धम्की आएकाले देश छोडेर अन्यत्र गएको पनि उल्लेख गरेका छन् । उनले देशको अर्थतन्त्र बलियो बनाउन र ठूलो संख्याका बेरोजगारहरुलाई रोजदारीका अवसर उपलब्ध गराउन आफूले प्राथमिकता दिने बताए उनलाई उपराष्ट्रपतिबाट बर्खास्त गरेपछि जिम्बाब्वेको सेनाले गरेको हस्तक्षेपपछि विकसित घटनाक्रमले मंगलबार राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएका थिए । ३७ वर्षअघि देश स्वतन्त्र भएयता मुगाबेले जिम्बाब्वेको नेतृत्व गर्दै आएका थिए शान्तिपूर्ण रुपमा देशको अवस्थाको व्यवस्थापन गरेको भन्दै उनले सेनाको प्रशंसा गरे । सेनाको हस्तक्षेपकै कारण उनी राष्ट्रपति बन्ने अवस्थामा पुगेकाले उनले सेनाको प्रशंसा गर्नु स्वभाविक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?