एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

काठमाडौँ, ७ मंसिर । एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त भएका छन् करिब सात महिनादेखि रिक्त उक्त पदमा उनलाई एडिबीका अध्यक्षले हालै नियुक्त भएको र उनी कार्यभार सम्हाल्न काठमाडौँ आइसकेको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?