चेल्सी र बार्सिलोना च्याम्पियन्स लिगको नक आउट चरणमा

काठमाडौं, ७ मंसिर । इङल्याण्डको चेल्सी र स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको अर्को खेलमा अजरबैजानको एफ.के काराबागलाई ४–० ले पराजित गर्दै इङ्लिस क्लब चेल्सी नक आउट चरणमा पुगेको हो चेल्सीलाई विजयी गराउन विलियनले दुई गोल गरे भने एडिन हाजार्ड र सेस फाब्रिगासले एक–एक गोल गरे बुधबार राति नै भएको अर्को खेलमा युभेन्टससँग गोलरहित बराबरी खेलेको बार्सिलोना ५ खेलबाट खेलबाट ११ अंक जोड्दै दोस्रो चराण्मा पुगेको छ राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले ३–१ ले हराएको छ भने स्पेनको एथ्लेटिको मड्रिडले ईटालीको ए.एस रोमालाई २–० ले हरायो उता स्विस क्लव एफ.सी बाजलसँग १–० ले पराजित भएको म्यान्चेस्टर युनाईटेडले भने अर्को चरणमा प्रवेश गर्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ समुहको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोसँग खेल्नेछ च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका अन्य खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको बायर्न म्युनिख विजयी भएका छन् पिएसजीले स्कटल्याण्डको सेल्टीकलाई ७–१ ले हराउँदै बायर्न म्युनिखले बेल्जियमको एन्डरलेच्टलाई २–१ ले हरायो यो समूहबाट पिएसजी र बायर्न म्युनिख यसअघि नै नक आउट चरणमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?