आफ्ना ग्राहकहरुका लागि वर्ल्डलिंकको थप आकर्षक अफर

काठमाडौं, ७ मंसिर । विगत लामो समयदेखि इन्टरनेट सञ्चालन गर्दै आमनसको मन जित्न सफल वर्ल्ड लिंकले आफ्ना ग्राहकहरुका लागि थप नयाँ आकर्षक अफरका साथ “एककान दुई कान’’ को सुरुवात गरेको छ वर्ल्ड लिंकले दिएको जानकारी अनुसार, आफ्ना साथीभाई तथा आफ्नालाई वर्ल्ड लिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउने छन् । साथै स्मार्ट फोन समेत प्राप्त गर्न सक्ने बताइएको छ यो अफर प्राप्त गर्नको लागि आफ्ना आफन्त लगायत साथीहरुलाई वर्ल्ड लिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्ने छ यदी एक जनालाई सल्लाह दिएर उनले वर्ल्ड लिंकको सेवा जडान गरे दुबै पक्षले एक–एक महिना वर्ल्ड लिंकको निशुल्क इन्टरनेट चलाउन पाउने छन् त्यस्तै, तीन जनालाई सल्लाह दिएर उनीहरुले वर्ल्ड लिंकको सेवा जडान गरेमा तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउने कम्पनीले जनाएको छ तपाइको सल्लाह मानेर चारजनाले वर्ल्ड लिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउन पाउने छन् त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाइने पनि कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?