१३ आश्विन २०७९, बिहीवार

आफ्ना ग्राहकहरुका लागि वर्ल्डलिंकले थप आकर्षक अफर

२०७४,मङ्सिर,७,बिहीवार ०६:३५

0
Shares

काठमाडौं, ७ मंसिर । विगत लामो समयदेखि इन्टरनेट सञ्चालन गर्दै आमनसको मन जित्न सफल वर्ल्ड लिंकले आफ्ना ग्राहकहरुका लागि थप नयाँ आकर्षक अफरका साथ “एककान दुई कान’’ को सुरुवात गरेको छ । वर्ल्ड लिंकले दिएको जानकारी अनुसार, आफ्ना साथीभाई तथा आफ्नालाई वर्ल्ड लिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउने छन् । साथै स्मार्ट फोन समेत प्राप्त गर्न सक्ने बताइएको छ । यो अफर प्राप्त गर्नको लागि आफ्ना आफन्त लगायत साथीहरुलाई वर्ल्ड लिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्ने छ । यदी एक जनालाई सल्लाह दिएर उनले वर्ल्ड लिंकको सेवा जडान गरे दुबै पक्षले एक–एक महिना वर्ल्ड लिंकको निशुल्क इन्टरनेट चलाउन पाउने छन् । त्यस्तै, तीन जनालाई सल्लाह दिएर उनीहरुले वर्ल्ड लिंकको सेवा जडान गरेमा तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउने कम्पनीले जनाएको छ । तपाइको सल्लाह मानेर चारजनाले वर्ल्ड लिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउन पाउने छन् । त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाइने पनि कम्पनीले बताएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१