जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम फेला

नुवाकोट, ७ मंसिर । निर्वाचनको समय नजिकिँदै जादा जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको थियो । अहिले सेनाको टोलीले बम निष्कृय पार्ने प्रयास गर्दै छन् नुवाकोटको ढिकुरेमा आज बाम गठबन्धन र कांग्रेसको चुनावी सभा राखिएको थियो । बम राखेको थाहा पाएलगत्तै सभा स्थगित गरिएको छ, भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ यसैबीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर ७ गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पूर्वमा चौघडा, पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?