जिल्लास्तरीय कक्षा ८ को परीक्षा अब स्थानीयस्तरबाटै सञ्चालन हुने

काठमाडौं, ७ मंसिर । जिल्लास्तरीय कक्षा ८ को परीक्षा स्थानीयस्तरबाटै सञ्चालन गर्न शिक्षा विभागले क्षेत्रीय निदेशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ विभागको उक्त पत्रपछि अब हुने शैक्षिक सत्रको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछन् । नयाँ संविधानपछि तीन प्रकारको सरकारको परिकल्पना गरिएको थियो । एक तहको सरकार स्थानीय निकाय हुने भनेर संविधानमा लेखिएको छ स्थानीय तहलाई १२ कक्षासम्म सञ्चालन गर्ने र पाठ्यक्रम तय गर्ने अधिकार संविधानले दिएको छ । यसअघि जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन गरी प्रमाणीकरणको कार्य जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको थियो । विभागले सबै जिल्ला र ५ वटै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिँदै अब सञ्चालन हुने परीक्षा स्थानीय तहबाटै गर्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?