१२ आश्विन २०७९, बुधबार

विद्युतीय पुस्तकालय सञ्चालन

२०७४,मङ्सिर,७,बिहीवार ०५:३३

0
Shares

रत्ननगर, चितवन, ७ मंसिर – पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो चन्दादाताबाट रु तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिए विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दलहरु आगामी

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नेपाल एसबीआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९