२०७३ को सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’लाई चलचित्र अवार्ड

काठमाडौं, ७ मंसिर । नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई अवार्ड दिएको छ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो विसं २०७३ मा रिलिज भएका फिल्ममध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटक मीन भाम र अविनाश विक्रम शाहले (कालोपोथी) अवार्ड पाएको थिए त्यस्तै, सम्पादनतर्फ डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता विपीन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले अवार्ड पाएका थिए विसं २०७२ मा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी)ले अवार्ड पाए त्यसैगरी, विसं २०७१ सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)ले अवार्ड हात पार्न सफल भएको थिए उक्त कलाकारलाई फिल्म निर्देशक यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र नायिका भुवन चन्दले अवार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?