आईओसीबाट बढेको मूल्य समायोजन नहुँदा निगमको मासिक घाटा ५५ करोड

काठमाडौं, ७ मंसिर । नेपाल आयल निगमको मासिक घाटा ५५ करोड रुपैयाँ पुगेको छ इन्धनको मूल्य समायोजन नहुँदा निगमले मासिक घाटा ५५ करोड गरेको अनुमान गरिएको छ । भारतीय आयल निगम (आईओसी)बाट बढेर आएको मूल्यअनुसार समायोजन नहुँदा निगमको घाटा चुलिएको हो निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले दिएका जानकारी अनुसार, आईओसीबाट आएको पछिल्लो मूल्यसूची अनुसार निगमलाई इन्धन कारोबारमा पाक्षिक २७ करोड ५० लाख रुपैयाँ घाटा लाग्छ उनले भने, हाल डिजेलमाप्रतिलिटर तीन रुपैयाँ ९८ पैसा घाटा छ । त्यस्तै, प्रतिलिटर पेट्रोलमा १४ पैसा, मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)मा १२ रुपैयाँ र हवाई इन्धन (बाह्य)मा१८ रुपैयाँ ३१ पैसा घाटा छ निगमलाई निकै ठूलो घाटा ग्यासमा देखिएको छ । अहिले प्रतिसिलिन्डर दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा रहेको निगमले जनाएको छ १५ नोभेम्बरसम्म पाक्षिक घाटा १० करोड ७५ लाख रहेकामा आईओसीबाट मूल्यसूची बढेर आएपछि नोक्सानी चुलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?