१५ आश्विन २०७९, शनिवार

आईओसीबाट बढेको मूल्य समायोजन नहुँदा निगमको मासिक घाटा ५५ करोड

२०७४,मङ्सिर,७,बिहीवार ०५:०३

0
Shares

काठमाडौं, ७ मंसिर । नेपाल आयल निगमको मासिक घाटा ५५ करोड रुपैयाँ पुगेको छ इन्धनको मूल्य समायोजन नहुँदा निगमले मासिक घाटा ५५ करोड गरेको अनुमान गरिएको छ । भारतीय आयल निगम (आईओसी)बाट बढेर आएको मूल्यअनुसार समायोजन नहुँदा निगमको घाटा चुलिएको हो निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले दिएका जानकारी अनुसार, आईओसीबाट आएको पछिल्लो मूल्यसूची अनुसार निगमलाई इन्धन कारोबारमा पाक्षिक २७ करोड ५० लाख रुपैयाँ घाटा लाग्छ उनले भने, हाल डिजेलमाप्रतिलिटर तीन रुपैयाँ ९८ पैसा घाटा छ । त्यस्तै, प्रतिलिटर पेट्रोलमा १४ पैसा, मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)मा १२ रुपैयाँ र हवाई इन्धन (बाह्य)मा१८ रुपैयाँ ३१ पैसा घाटा छ निगमलाई निकै ठूलो घाटा ग्यासमा देखिएको छ । अहिले प्रतिसिलिन्डर दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा रहेको निगमले जनाएको छ १५ नोभेम्बरसम्म पाक्षिक घाटा १० करोड ७५ लाख रहेकामा आईओसीबाट मूल्यसूची बढेर आएपछि नोक्सानी चुलिएको हो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाडौंको मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई शुक्रवार

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९