मुगाबेको राजीनामा सँगै जिम्बाब्वेमा ‘नयाँ प्रजातन्त्रको सुरुवात’

एजेन्सी । जिम्बाब्वेको राष्ट्रपतिका रुपमा शुक्रबार शपथ लिन लागेका एमरसन मनाङग्याग्वाले देशले नयाँ प्रजातन्त्रको सुरुवात गर्न थालेको बताएका छन् आफ्नो सम्बोधनको शुरुमा स्वतन्त्रताको समयमा लगाउने गरिएका नाराहरु ठूलो स्वरले सुनाएका थिए दक्षिण अफ्रिकाबाट स्वदेश फर्किएपछि मनाङग्याग्वाले यी धारणा राखेका हुन् उनले आफूलाई उपराष्ट्रपतिबाट बर्खास्त गरेपछि ज्यान लिने धम्की आएकाले देश छोडेर अन्यत्र गएको बताएका छन् जिम्बाब्वेका नयाँ राष्ट्रपतिले देशको अर्थतन्त्र बलियो बनाउन र ठूलो संख्याका बेरोजगारहरुलाई रोजगारीका अवसर उपलब्ध गराउन आफूले प्राथमिकता दिने बताए उनले भने, “हामी सँगै थियौं । कोही भन्दा कोही कम महत्वपूर्ण छैनन् । हामी सबै जिम्बाब्वेका नागरिक हौँ । हामी हाम्रो अर्थतन्त्र उकास्न चाहन्छौँ । हामी देशमा शान्ति चाहन्छौँ । हामी रोजगारी चाहन्छौँ ।’’जिम्बाब्वेको सेनाले गरेको हस्तक्षेपपछि विकसित घटनाक्रमले मंगलबार राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिन बाध्य पारेको थियो ३७ वर्षअघि देश स्वतन्त्र भएयता मुगाबेले जिम्बाब्वेको नेतृत्व गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?