१५ आश्विन २०७९, शनिवार

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

२०७४,मङ्सिर,७,बिहीवार ०४:००

0
Shares

इटहरी, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो । उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ उपमहानगरपालिकामा निर्वा्चित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वा्चित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखाँै रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन् यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली काँग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गरेकोे एक वडाध्यक्षले जनाए यस प्रकरणमा उपमहानगरका निर्वा्चित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूचि प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी

विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिवार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९