१२ आश्विन २०७९, बुधबार

नेपाल र भारतका सुरक्षा निकायद्वारा संयुक्त सुरक्षा गस्ती शुरु

२०७४,मङ्सिर,७,बिहीवार ०३:५०

0
Shares

बाँके, ७ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन् सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्सीपूर्वा एसएसबी क्याम्पका इञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा सात–सात जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए बुधबार पहिलो चरणमा सीमास्तम्भ नम्बर २६–१ देखि २७–१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिइने भएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०३:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलवार भएको

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९