बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरीको यस्तो कसरत

मेलम्ची, ७ मंसिर – सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् । उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पु¥याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् जिल्लाको विभिन्न भागमा भएको आमसभामा सहभागी हुनुभएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताइन् लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आएका बाबुले भाषणभन्दा बढी काम गर्दै आएको र अबको दिनमा पनि जिल्लाको जनताको हकहित र विकासको लागि निःस्वार्थरुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्बसीले आग्रह गरिन अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो काँग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले काँग्रेसको प्रदेशसभाको चुनाव चिह्न रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गरेकी हुन् काँग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्तेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?