किन अरूका नाममा सेयर भर्ने बढे ?

काठमाडौँ, ७ मङ्सिर- केही वर्षअघिसम्म निकै प्रचलनमा रहेको अरूको नामबाट (डमी/प्रोक्सी) सेयरमा लगानी गर्ने क्रम फेरि बढ्न थालेको छ । कम्तीमा १० कित्ता सेयर सबैलाई पर्ने वितरण प्रणाली धितोपत्र बोर्डले लागू गरेपछि यस्तो प्रवृत्ति झनै बढेको हो पछिल्लो समय सेयर निक्षेप खाता (डिम्याट एकाउन्ट) र बैंक खाताको संख्या बढ्नुमा यो पनि एउटा कारण रहेको विज्ञ बताउँछन् । निष्क्रिय डिम्याट एकाउन्ट र बैंक खातालाई पनि सक्रिय बनाई सेयरमा आवेदन दिने लगानीकर्ताको संख्या बढेको दाबी उनीहरू गर्छन् विगतमा अरूको नामबाट सेयरमा लगानी गर्ने चलन धेरै थियो । यसकारण लगानीकर्ताले आफ्ना साथीभाइ, नातेदार र नजिकका मान्छेहरूको नागरिकता संकलन गरी सेयरमा लगानी गर्थे । त्यसपछि समानुपातिक प्रणाली (लगानीका आधारमा वितरण प्रणाली) बाट सेयर बाँडफाँट हुने व्यवस्थाले अरूको नाममा लगानी गर्ने प्रवृत्तिमा केही कमी आयो । अहिले फेरि अरूको डिम्याट खातामार्फत सेयरमा लगानी गर्ने प्रचलन बढेको जानकारहरू बताउँछन्, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?