कहिले पुनर्निर्माण होला रंगशाला ?

काठमाडौँ, ७ मङ्सिर- भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि दशरथ रंगशाला पुनर्निर्माण कार्य सुरु नै भएको छैन् । पुनर्निर्माणका लागि टेन्डर हुन नसक्दा सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग प्रभावित हुने देखिएको छ सरकारले आवश्यक बजेट विनियोजन गर्दै सागअघि नै पुनर्निर्माण गरिसक्ने जनाएको थियो । अहिले पुनर्निर्माणका लागि रंगशालाको संरचना भत्काउने काम भइरहेको छ । टेन्डरपछि निर्माणका लागि प्रक्रियागत रूपमा समय लाग्ने भएकाले समयमै काम पूरा गर्न कठिन हुने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्यायले बताए रंगशालाको साधारण प्याराफिटलगायतका ठाउँमा रेट्रोफिटिङको काम भने सम्पन्न भएको छ । अहिले साधारण र भिआइपी प्याराफिटतर्पm छत भत्काउने काम भइरहेको छ । सरकारले तत्काल खर्च गर्न सात करोड उपलब्ध गराएको थियो । साधारण प्याराफिट भत्काउने जिम्मा भीमेश्वर बिल्डरले पाएको छ । उसले ३५ लाख रुपैयाँमा ठेक्का लिएको छ । भिआइपीतर्फ एक करोडभन्दा बढी लगानीमा गिरी कन्स्ट्रक्सनले भत्काउने काम गरिरहेको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?