१३ आश्विन २०७९, बिहीवार

भ्रष्टाचारका यी पाँच सय मुद्दा सर्वोच्चमा अड्किए

२०७४,मङ्सिर,७,बिहीवार ०१:२२

0
Shares

काठमाडौं, ७ मङ्सिर- सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने’ को सूचीमा परे। न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा भ्रष्टाचारका मुद्दा पेसीमा चढाइएको थियो०६० सालमा भ्रष्टाचार मुद्दा चलाइएका पोखरेलले २०६९ चैतदेखि सर्वोच्चमा तारिख खेपिरहेका छन्। पाँच वर्षदेखि मुद्दाको पालो कुरेर बसेका पोखरेल त्यसदिन पनि यत्तिकै फर्किए। अर्का पूर्वसहसचिव वामदेवदीप अधिकारी पनि ०६६ सालदेखि सर्वोच्चमा धाइरहेका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश फेरिएसँगै भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि व्यावहारिक रूपमा भने प्रतिफल हात लाग्न सकेको छैन। अझै पनि १०वर्ष पुराना भ्रष्टाचारका मुद्दा सर्वोच्चमा पुगेर अड्किएका छन्सर्वोच्चको मुद्दा महाशाखाका अनुसार हाल सर्वोच्चमा पाँच सय ८८ थान भ्रष्टाचारका मुद्दा थाती छन्,अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०१:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१