१२ आश्विन २०७९, बुधबार

यस्तो घोषणापत्र बनायो राजपाले

२०७४,मङ्सिर,७,बिहीवार ०१:०१

0
Shares

काठमाडौँ ७ मङ्सिर – संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ बिहीबार महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका सदस्यहरूले एक कार्यक्रमबीच घोषणापत्र सावर्जनिक गर्ने राजपा नेपालले जनाएको छ । आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश २ मा राजपा नेपालका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेको कारण समयमा घोषणापत्र सार्वजनिक हुन नसकेको पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए,गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०१:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैँमा आ–आफ्नो घरमा

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेका छन् । उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४