पुटिनले किन गरे साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग फोनवार्ता ?

मस्को ६ मङसिर – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको विषयलाई लिएर साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग टेलिफोन वार्ता गर्नुभएको छ क्रेमलिनद्वारा मङ्गलबार प्रकाशित प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ । रुसी राष्ट्रपति पुटिनले सिरियाको द्वन्द्वलाई लिएर साउदी अरेबियाली राजा सलमान बिन अब्दुलाजिज अल साउदसँग छलफल गर्नु भएको छ यी दुई नेताबीच मध्यपूर्वी क्षेत्र र लामो समयसम्म द्वन्द्व चलेको सिरियाको विषयलाई लिएर छलफल भएको क्रेमलिनले जनाएको छ पुटिनले इजिप्टेली राष्ट्रपति अब्दुल फत्ताह अल सीसीसँग पनि टेलिफोन वार्ता गर्नुभएको थियो । वार्ताको क्रममा पुटिनले सिरियाको समस्या राजनीतिक सम्झौताबाट समाधान गर्नुपर्नेमा जोड दिनु भएको क्रेमलिनले बताएको छ यी दुई नेताबीच संयुक्त रुपमा आणाविक शक्ति केन्द्रको सम्झौता गर्ने विषयमा पनि वार्ता भएको क्रेमिलिनले जानकारी दिएको छ त्यसैगरी क्रेमलिन प्रेस सेवाले टेलिफोन वार्ता सम्बन्धी दिएको अर्को जानकारीअनुसार पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विभिन्न क्षेत्रमा सहकार्य गर्ने र दुई देश बीच सुुरक्षाको विषयमा पनि वार्ता भएको थियो सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ सो आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन् यहाँको समस्या समाधानका लागि विभिन्न समयमा अमेरिका र रुसको अगुवाइमा वार्ता गरिएको थियो । तर त्यसको समाधान भने निस्किएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?