१२ आश्विन २०७९, बुधबार

ट्रम्पको आरोप उत्तेजकः उत्तर कोरिया

२०७४,मङ्सिर,६,बुधबार १५:३९

0
Shares

सोल, ६ मङसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा पुन राखेकोमा बुधबार प्रतिक्रिया दिँदै यसलाई गम्भीर उत्तेजना फैलाउने अभिव्यक्ति भनेको छ उत्तर कोरियाले अमेरिकाद्वारा भएका यसखालका प्योङयाङ विरोधी अभियाननै आफ्नो मुलुकको आणविक कार्यक्रम विकासका लागि आवश्यक रहेको जनाएको छ उत्तर कोरियाको सरकारी समाचार संस्थाले अधिकारीहरूलाई उद्धृत गरी बुधवार भनेको छ,“ प्योङयाङको आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले हामीलाई आतङ्कवादलाई सघाउने मुलुकको सूचिमा राख्नु वा नराख्नुले कुनै अर्थ राख्दैन ।”समाचारमा भनिएको छ, “अमेरिकाको उत्तर कोरियालाई आतङ्कवादी गतिविधि सञ्चालन गर्ने मुलुकको सूचीमा राख्ने निर्णय र अमेरिकी विरोध प्योङयाङका लागि आणविक हतियार निर्माण गर्ने बलियो आधार रहेको छ ।”कोरियाली विज्ञहरूले आफ्नो मुलुकलाई आतङ्कवादलाई सघाउने भन्दै पुनः कालो सूचीमा राख्ने निर्णयले सीमित व्यवहारिक प्रभाव पार्ने तर यसले आणविक हतियार कार्यक्रमलाई स्थगित गर्न समस्या निम्त्याउने बताउनुभएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ ।

काठमाडौं । कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले

काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउन लागेकी छन् । उनी नेपालसहित युएई,

काठमाडौं । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका

ताजा समाचार

ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२
११ देशमा साकुरा नाइट सिजन ५
 २०७९,आश्विन,१२,बुधबार १५:३२