चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

झापा, ६ मंसिर – झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?