गरिबीको दुष्चक्रबाट देश र जनतालाई बाहिर निकाल्न वाम गठबन्धन

काठमाडौँ, ६ मंसिर – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–३ ले आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले मुलुकका विभिन्न स्थानमा सम्भावित उद्योग स्थापना गरी आर्थिक गतिविधिका माध्यमबाट जनताको जीवनस्तरमा वृद्धि गरेर देशलाई विकसित राष्ट्रका रुपमा स्थापित गर्ने उद्देश्यले वाम गठबन्धन गरिएको बताए गठबन्धन निर्माण भएपछि मुलुकमा लामो राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेसले सो गठबन्धनलाई जनताले बहुमत प्रदान गरेमा देशमा साम्यवादको उदय हुने, अधिनायकवाद आउने भनेर मतदातालाई भ्रम फैलाइएकामा त्यसतर्फ नलाग्न जनतालाई नेता पोखरेलले आग्रह गरे काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले जनताले काँग्रेसलाई बहुमत दिँदा पनि मुलुकलाई स्थिरता प्रदान गर्न नसकेका कारण अब चुनावमा जनताले वाम गठबन्धनलाई बुहमत दिनुपर्नेमा जोड दिए कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा गरिने लगानीले समाजका विभिन्न तहमा सकारात्मक प्रभाव पार्ने बताउँदै महासचिव पोखरेलले त्यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालन गरी ठूलो मात्रामा रोजगार सिर्जना गर्न सकिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?