गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

काठमाडौँ, ६ मंसिर – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन बूढानीलकण्ठ नगरपालिका– १ मा आज आयोजित कोणसभामा उनले भने — “नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा भ्रष्टाचार बढेको र विकासका काममा अवरोध आएको मात्र नभइ राष्ट्रियता खतरामापर्ने स्थिति भएकाले अब वामगठबन्धनबाट राष्ट्रियता संरक्षण हुन्छ ।”सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई डा भट्टराई र काठमाडौंँ क्षेत्र नं ४ प्रदेशसभा (ख) का उम्मेदवार कुसुमकुमार कार्कीले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?