कम्प्युटर प्रणालीबाट बिलिङ

अर्जुनधारा, झापा, ६ मंसिर – नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्रअन्तर्गत रहेको आय संकलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा शुरु गरेको छ विसंं २०२८ मा शाखाका रुपमा स्थापना भएको सो केन्द्रले हस्तलिखितको माध्यमबाट बिलिङ सेवा शुरु गर्दैआएको थियो हस्तलिखित माध्यमबाट बिलिङ गर्दा हुनसक्ने त्रुटीलाई नियन्त्रण गर्न केन्द्रीय नीतिअनुसार कम्प्युटर प्रणालीको माध्यमबाट बिलिङ शुरु गरिएको नेपाल विद्युत् प्राद्यिकरण अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए सो सेवाको नेपाल विद्युत् प्राद्यिकरण केन्द्रीय बिलिङ महाशाखाका प्रमुख सजुनकुमार श्रेष्ठ र महाशाखाका सहायक प्रबन्धक विजयकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे । कार्यक्रममा पहिलो महसुल बुझाउने अर्जुनधारा–५ का कृष्णमाया ढुंगेल, महसुल बुझाउन आउनुभएकी शान्ता खत्री र ज्येष्ठ नागरिक रौद्री पूर्वेलगायतलाई सम्मानित गरिएको थियो आगामी दिनमा अनलाइनबाट महसुल भुक्तानी सेवा सञ्चालन गर्ने तयारी गरेको सो केन्द्रअन्तर्गत अर्जुनधारा, बुधबारे र शनिश्चरेका ११ हजार ८६८ ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?